Shikhar Insurance

भारतीयहरुले विदेशमा वैवाहिक कार्यक्रम गरि अर्बौ रुपैयाँ बाहिरिएपछि मोदीको टाउको दुख्यो

सिंहदरबार संवाददाता
२०८० मंसिर ११, सोमबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका नागरिकहरुले विदेशमा वैवाहिक समारोह आयोजना गरेको प्रति आपक्ति जनाएका छन् । उनले आइतबार आफ्ना नागरिकहरुले विदेशमा वैवाहिक समारोह आयोजना गर्ने क्रम बढ्नु चिन्ताको बिषय भएको टिप्पणी गरेका हुन् । उनले नागरिकहरुसँग स्वदेशमै वैवाहिक समारोह आयोजना गर्न अपिल पनि गरेका छन् ।

‘तपाईँहरु वैवाहिक समारोह स्वदेशमै गर्नुस ताकी पैसा देशमै रहोस, बाहिर नजाओस्’, मोदीले अपिलमा भनेका छन् । रेडियो कार्यक्रम ‘मन की वात’मा मोदीले विवाहका लागि गरिने किनमेलमा पनि भारतीय समानहरुलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने–विवाहको मौसम सुरु भैसकेको छ, केहि व्यापारिक संगठनहरुको अनुमान छ की यो सिजनमा करिब ५ लाख करोड रुपैयाँको कारोबार हुन सक्छ । तपाईहरुले सबैले विहेका लागि किनमेल गर्दा भारतमा उत्पादित समानहरुलाई महत्व दिनुपर्छ ।’

उनले चिन्ता व्यक्त गर्दै अघि थपे–‘जब बिहेको कुरा सामुन्ने आउँछ तब मलाई एउटा कुराले छिनछिनमै सताईरहेको छ । केहि सोच्नुस त, आजकल केहि परिवार विदेशमा गएर विवाह गरिरहेका छन् र यसका लागि नयाँ माहोल बनाईँदै छ । के यो आवश्यक छ त ?’

पछिल्लो समय भारतीय व्यापारिक घरानाहरुले आफ्ना सन्तानहरुको विवाह कार्यक्रम दुबई लगायतका देशहरुमा आयोजना गरिरहेका छन् । व्यवसायीहरुले विदेशमा वैवाहिक समारोहको आयोजना गर्न अर्बाै रुपैयाँ विदेशीको छ । त्यसका लागि विश्वका ठूला लगानीकर्ताहरुको भारतीय भूमिमा लगानी गर्ने मनोबलमा समेत गिरावट आईरहेको बताइन्छ ।

प्रधानमन्त्री मोदीले विदेशमा विवाह गरि अर्बाै रकम बाहिर लैजानेहरुमाथि छानविन गरि कारवाही गर्ने संकेत पनि दिएका छन् । नेपालमा पनि केहि धनाढ्यहरुले आफ्ना सन्तानको वैवाहिक समारोह भारत तथा दुबई लगातका देशहरुमा आयोजना गरेको भनि व्यापक आलोचना भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्