Shikhar Insurance

अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झर्यो

सिंहदरबार संवाददाता
२०८० मंसिर १५, शुक्रबार ११:०६
NIMB
Nabil Bank

काठमाडौँ । अस्ट्रेलियाको मुद्रास्फीति ४ दशमलव ९ प्रतिशतमा झरेको छ । मुद्रास्फीति दर १८ महिना यताकै न्युन स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अक्टोबरसम्मको १२ महिनामा ४ दशमलव ९ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ५ दशमलव ६ प्रतिशतले बढेको थियो । भाडा मूल्य १२ महिनाको अवधिमा ६ दशमलव ६ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ७ दशमलव ६ प्रतिशतले घटेको छ भने नयाँ बासस्थानको मूल्यमा ४ दशमलव ७ प्रतिशत वार्षिक वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो अगस्ट २०२१ यताकै न्युन संख्या हो । जुन २०२३ को तुलनामा अक्टोबरमा बिजुलीको मूल्य ८ दशमलव ४ प्रतिशत बढी थियो । छुट्टी यात्रा र आवास मूल्यहरू सेप्टेम्बर र अक्टोबर बीच ७ प्रतिशत र सोही अवधिमा मोटर वाहन इन्धन मूल्यहरू २ दशमलव ९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्