Shikhar Insurance

चेपेखोला मोटरेबल पुल निर्माणः म्याद सकिएको वर्ष दिनमा ७० प्रतिशत मात्र काम

सिंहदरबार संवाददाता
२०८० मंसिर १५, शुक्रबार १३:२५
NIMB
Nabil Bank

गोरखा । गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । दूधपोखरी राजमार्गअन्तर्गत पर्ने गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको राइनास नगरपालिका जोड्ने चेपेखोला मोटरेबल पुल गत वर्ष नै निर्माण भइसक्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
पुल निर्माणको काम नसकिएको ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।

आयोजना कार्यालयले विसं २०७७ जेठमा दुई वर्ष छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी बिक्वे बिल्ड्रर्स प्रालिसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७९ मङ्सिरभित्रमा पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि काम सम्पन्न नगरेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पुल निर्माणको भौतिक प्रगति आहिलेसम्म ७० प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । “निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो, पहिलोपटक थपिएको म्यादसमेत गुज्रिसकेको छ”, उनले भने,“थप गरिएको समयमा समेत काम सम्पन्न गर्न सकेन फेरि पनि म्याद थप गर्नुपर्ने अवस्था छ ।”

पुलको जग राख्ने, सबस्टक्चर निर्माण गर्ने, पुलको एकातर्फको स्पाम सुपर स्टक्चर निर्माणको काममात्र सकिएको प्रमुख खड्काले बताए । “अझै अर्कोतर्फको स्पाम सुपर स्टक्चर निर्माणदेखि बाँध निर्माणको काम बाँकी नै छ, त्यसबाहेक पुलसँग जोडिएको सडकको पहुँचमार्ग पनि ठेकेदारले निर्माण गर्न बाँकी छ”,उनले भने ।

कार्यालय प्रमुख खड्काले ठेकेदारले इमान्दार भएर काम गरे अब म्याद थप भएर आउने समयसीमाभित्र काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए । प्रि–स्ट्रेस प्रविधिको उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । चेपे पुल निर्माणका लागि आयोजनाले बिक्वे बिल्ड्रर्स प्रालिसँग रु सात करोड ६० लाखमा ठेक्का सम्झौता गरेको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्