Shikhar Insurance

हिमालयन रिको प्रिमियम आईपीओ खुल्यो, २४ लाख ९० हजारले पाउँनेछन् १० कित्ता सेयर

सिंहदरबार संवाददाता
२०८० मंसिर २७, बुधबार ०८:१४
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको रेकर्ड तोड प्रिमियम आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको हो । २४ लाख ९० हजार जना आवेदकले न्युनतम १० कित्ता सेयर पाउनेछन् ।

 

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको थियो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३० लाख कित्ता सेयर जारी भएर पनि बाडफाँट समेत भैसकेको छ । बाँकी २ करोड ७० लाख कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो ।

कम्पनीको प्रिमियम आईपीओ रोक्न माग गर्दै उच्च अदालत पाटनमा परेको रिटमा अदालतले अन्तरिम आदेश नदिएसँगै मंसिर २७ गतेबाट कम्पनीको आईपीओ जारी भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि निष्काशन गरेको आईपीओमा रेकर्ड तोड आवेदन परेको थियो । जसमा हालसम्मकै उच्च ३४ हजार २११ जनाले आवेदन दिएका थिए ।

हिमालयन रिइन्स्योरेन्सको सेयर निष्काशनको जिम्मा भने एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्