Shikhar Insurance

कोरोना बीमाको पैसा दिन्छौं तर छानविन हुनुपर्छः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० मंसिर २७, बुधबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कोरोना बीमाको दावी भुक्तानी वापतको रकम सरकारले दिने बताएका छन् । अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा मन्त्री डा. महतले कोरोना बीमाको दावी भुक्तानी वापतको दायित्व सरकारले स्वीकार गरिसकेकाले त्यस्तो दायित्व वापतको रकम उपलब्ध गराउने बताएका हुन् ।
तर बीमा कम्पनीहरुले कोरोना बीमाको फेक तथ्यांकका आधारमा दावी भुक्तानीको रकम माग गरेको आरोप पनि उनले लगाए । यथार्थमा आधारित दावी रकम मन्त्रालयले दिने तर त्यस अघि कोरोना बीमाको दावी भुक्तानीमाथि गहिरो अध्ययन हुनुपर्ने उनको भनाई थियो ।

‘कोरोना बीमाका सवालमा त्यसको दायित्व सरकारले स्वीकार गरिसकेको अवस्था हो, हामी क्रमशः दिँदै जान्छौं तर त्यसको तथ्यांकमा जे गडबढी छ, त्यो भने छानविन हुनुपर्छ, सहि तथ्यांक उपलब्ध हुनुपर्छ, त्यतिकै पैसा दिने कुरा भने हुन्न ।’, मन्त्री डा. महतले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा कम्पनीहरुले गलत रिपोर्ट र विवरणहरु तयार पारि कोरोना बीमाको ठूलो दायित्व सृजना गरेको आरोप लगाउँदै त्यसमाथि भने छानविन आवश्यक रहेको बताए । बीमा प्राधिकरण मार्फत त्यस्तो गलत दावीमाथि छानविन गर्ने पनि उनले बताए ।

सरकारले कोरोना बीमा वापतको करिब १२ अर्ब रुपैयाँ दायित्व स्वीकार गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्