Shikhar Insurance

आईएमई लाइफ इन्स्योरेन्सले सार्यो भक्तपुर शाखा

सिंहदरबार संवाददाता
२०८० पुष १, आईतवार १२:०८
NIMB
Nabil Bank

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरिएको छ ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह मिति २०८० साल मङ्सिर २९ गते शुक्रबारको दिन सम्पन्न भएको छ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालज्यूले शाखा कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताज्यूहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले बताउनु भयो। कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्