Shikhar Insurance

बीमाको पहुँच सरकारदेखि भुईँ मान्छेसम्मै पुग्नुपर्छ

सिंहदरबार संवाददाता
२०८० पुष १, आईतवार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्मै पुग्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा बीमाका बारेमा सरकारदेखि भुई मान्छेसम्मलाई नै बुझाउनुपर्ने अवस्था रहेको पनि बताए ।

‘हाम्रो देशमा सरकारले नै बीमाका बारेमा बुझेको छैन्, भुई मान्छेहरुसम्म पुग्नका लागि उनीहरुको आवश्यकता अनुसारको पोलिसी पनि बनाउन सकिएको छ्रन, अब बीमा सेवा सरकारदेखि भुई मान्छेसम्मै पुग्नुपर्छ’, अध्यक्ष सिलवालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सरकारले सामाजिक सुरक्षाका नाममा खर्बाै पैसा बाढ्न छाडेर बीमा मार्फत अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबै भन्दा बढी आवश्यकता भुइ मान्छेहरुलाई छ । उनीहरुलाई बीमाको दायामा ल्याउने काम हामीले गर्नुपर्छ, सामाजिक सुरक्षाका थुप्रै काम बीमा मार्फत अघि बढाउनुपर्छ,’ उनले भने ।
बीमा कम्पनीहरुले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताउँदै बीमा क्षेत्रको विकासमा त्यसले ठूलो भूमिका खेल्ने दावी गरे ।

यसैगरि बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको उनले जानकारी दिए । बीमा नियमावली स्वीकृति भएपछि बिमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने उनले बताए ।

यसैगरि नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अब विद्यार्थीहरुबाट बीमा सम्बन्धी चेतना बढाउने काम गनुपर्ने बताए । त्यो मोडेलमा अघि बढे तल्लो स्तरबाटै बीमाको पहुँच विस्तार हुने उनले बताए ।

‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरुले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठुलो सहयोग पुग्छ,’ उनले भने, ‘बीमाका लागि व्यवसायीक बजार पनि ठुलो छ । अब बीमा जागरणसँगै इनोभेटीभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ । त्यसका लागि हामी नाफिजसँग सहकार्य गर्न तयार छौं ।’

यस्तै, निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि बीमा क्षेत्रको विस्तारका लागि सरकार र बीमा प्राधिकरणसँगै बीमा कम्पनीहरु पनि आक्रामक रुपले अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राधिकरणका उप–निर्देशक साम्भराज लामिछानेले प्राधिकरणले गर्ने बीमाको सुपरिवेक्षण तथा नियमनबारे र उप–निर्देशक निर्मला मल्लले बीमांकीय मुल्यांकनबारे प्रस्तुती दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्