Shikhar Insurance

नेपालगञ्ज आइसिपी सञ्चालनमा ल्याउन नेपाल इन्टरमोडल यातायात विकास समितिको पहल

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १५:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारत वीच नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अन्तिम चरणमा पुगेको छ ।

४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकिकृत जाँच चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा रहेको छ । नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट २०८० जेठ १८ गते संयुक्त रुपमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल र भारतका निर्माण कम्पनी, सरोकारवाला सहितको पदाधिकारी बीच नेपालगन्ज आईसीपीको बाँकी काम सम्पन्न गर्नमा देखिएका समस्याहरुका बारेमा छलफल भएको थियो । छलफलको क्रममा भारतका परराष्ट्र मन्त्रालयका सह-सचिवले निर्माण कार्यलाई तीव्रता दिन र बाँकी काम १ महिना भित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।

नेपालगञ्ज एकीकृत जाँच चौकीमा पानी ट्याङ्की, सिसिटिभि जडान, नेटवर्किङ्ग, फायरफाइटिङ्ग सिस्टम लगायतका कार्यहरु बाँकी रहेको र उक्त कार्य सम्पन्न गर्न करिब १ महिना लाग्ने देखिएको छ । उक्त जाँच चौकी सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकासबाट सम्पूर्ण तयारी पुरा भएको र उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दुतावासमा अनुरोध समेत गरिएको जानकारी समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको र नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सम्बन्धित निकायहरुसंग समन्वय भइरहेको हुँदा हस्तान्तरण भए पश्चात सञ्चालन शुरु गर्न कुनै समस्या नहुने समेत कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्