Shikhar Insurance

२०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १४:३५
NIMB
Nabil Bank

एजेन्सी । स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् । जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्यांकहनुसार यस अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासीहरू स्पेन पुगेको देखाएको हो ।

यो २०२२ को सोही अवधिको तुलनामा ७६.२ प्रतिशतले बढी हो । सन् २०१८ यता ५७ हजार ४९८ जना अवैध रुपमा आएका थिए । त्यसपछिको यो नै ठूलो रेकर्ड हो । २०२३ मा अवैध आप्रवासी आगमन समुन्द्रको माध्यमबाट रहेको थियो । ती मध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

क्यानरी टापु मार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । जहाँ आप्रवासीहरूले कम्तिमा सय किलोमिटर खुला समुन्द्र पार गरेर आउनुपर्छ । स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानअनुसार २०१८ देखि २०२२ को बीचमा ७ हजार ८ सय आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्