Shikhar Insurance

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १४:४६
NIMB
Nabil Bank

एजेन्सी । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ ।

अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् ।

अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास बिरुद्ध युद्ध शुरु गरेको थिया ।

जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्