Shikhar Insurance

३० करोड कमिसनको गन्धपछी नयाँ जहाज खरिदमा प्रधानमन्त्रीको चासो

सिंहदरबार संवाददाता
२०८० पुष ८, आईतवार २०:११
NIMB
Nabil Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिदमा चासो देखाएका छन् ।

सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रीफिङमा प्रधानमन्त्री प्रचण्डले नयाँ जहाज प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका हुन ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्रीले भने, “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्र्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।” हाम्रा कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका उनको भनाइ थियो ।

“पर्यटकका लागि सहज वातावरण बनाउनेतर्फ सबैले सोचौँ । तपाईंहरूले प्रस्ताव ल्याउनुस्, निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकामा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताए ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको छ । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगम संचालक समितिको २०९० कार्तिक ३ गते बसेको बैठकले दुर्गम क्षेत्रमा उडान भर्ने गरि ३ वटा स्टाेल जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

निगमले कार्तिक ५ गते जहाज खरिदका लागि सूचना निकालेको थियो । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।
यो जहाज खरिद प्रकरणमा ३० करोड कमिसनको खेल रहेको आरोप लागिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्