Shikhar Insurance

हिमालय एअरलाइन्सद्धारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

सिंहदरबार संवाददाता
२०८० पुष १२, बिहीबार ११:२३
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । हिमालय एअरलाईन्सले डिसेम्बर २८ देखि काठमाडौं–ल्हासा–काठमाडौं ऐतिहासिक सेवा बिस्तार गरेको हो । एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका उडान आरम्भ गरेको बताएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र  हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्