Shikhar Insurance

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० पुष २१, शनिबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सरकारले चाँडै टुंगो लगाउने बताएका हुन् । उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताएका हुन् । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने पनि बताए ।

उनले भने, ‘विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भयो, यसको चाँडै टुंगो लाग्नुप¥यो । त्यो सत्य हो, त्यसलाई चाँडै समाधान गर्नुपर्छ । यसलाई इज्जतको प्रश्न बनाउनु हुँदैन । यसलाई यथार्थ, जुन बेला साँच्चिकै लोड सेडिङ थियो, म त्यो बेलामा उर्जामन्त्री थिएँ । भर्खर हामीले लगानीको संरचना बनाउँदै थियौँ । त्यो बेला १६/१७ घण्टासम्म लोडसेडिङ थियो । त्यो बेलामा प्रिभिलेज थियो । कन्जुमरलाई पनि काटेर दिने । त्यो एक्ज्याक्ट समय के हो र कसरी उसले डिफाइन गरेको छ । त्यसको यथार्थको आधारमा यसको चाँडै टुंगो लाग्नुपर्छ । यसलाई हामीले अन्योलको विषय बनाएर थप अन्योल सिर्जना गर्नु हुँदैन । यस विषयमा निजी क्षेत्रको साथीहरुसँग बसेर यथार्थ के हो ? तिर्नुपर्ने कति हो त ? निक्र्यौल गरेर यसको टुंगो हामी लगाउँछौँ ।’

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्