Shikhar Insurance

टर्कीको अर्थतन्त्रमा टर्किस एयरलाइन्सको योगदान ५६ अर्ब अमेरिकी डलर

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार ११:२६
NIMB
Nabil Bank

काठमाडौँ । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्स (टिएचआई) ले २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराए । उनले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्ड मात्र नभइ देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए ।

सन् २०२३ को तथ्याङ्कअनुसार टर्किस एयरलाइन्सले टर्कीको अर्थतन्त्रमा ५६ अर्ब डलर योगदान गरेको छ र करिव १६ अर्ब डलरको सेवा निर्यात गरेर यस क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाएको छ । कम्पनीको सफलताले पर्यटन क्षेत्रलाई बढावा दिने बताए । टर्कीमा भ्रमण गर्ने पर्यटकहरूको संख्या बढाउनमा सबैभन्दा महत्वपूर्ण ड्राइभिङ्ग फोर्सहरू मध्ये एक भएको उनको भनाइ छ । आधिकारिक तथ्याङ्क नुसार सन् २०२३ को पहिलो ११ महिनामा टर्कीमा आउने विदेशी पर्यटकको संख्या ५ करोड १० लाख पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार

GBIME

प्रतिक्रिया दिनुहोस्