Shikhar Insurance

निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक: पूर्व प्रधानमन्त्री सरिफ

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १८:०२
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शहबाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका सरिफले अहिले चुनावमा ढिलाई गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताए । उनले पीएमएल–एनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गरेका छन् । शहबाजले भने, “यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन ।

गत हप्ता पीएमएल–एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आम निर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजका अनुसार पीएमएल–एनले पार्टीका वरिष्ठ नेता नवाज सरिफ, मरियम नवाज र हम्जा शहबाजको नेतृत्वमा आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ ।सरिफले पूर्व प्रधान न्यायाधीश साकिब निसारलाई ‘प्यादा’ को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उनको प्रयोग गरिएको दाबी गरे ।

 

काठमाडौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्