Shikhar Insurance

हमास प्रमुख हनिया र टर्कीका विदेशमन्त्रीबीच भेटवार्त

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्रीबीच शनिबार भेटवार्ता भएको छ ।

गत अक्टोबर ७ मा इजरायलको मा एक्कासी आक्रमण गर्दा कम्तीमा एक हजार एक हजार १४० जनाको मृत्यु भएको र हमासका लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएका थिए । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता हमास र बाँकी बन्दीहरूको रिहाईका साथै ‘जतिसक्दो चाँडो युद्धविराम’ गर्नु छलफलको मुख्य विषय भएको टर्की सम्वद्ध स्रोतले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार भेटका क्रममा दुवै पक्षले ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिको लागि दुई–राज्य समाधान’ का बिषयमा छलफल भएको छ । फिदान र हनियाबीच पछिल्लो पटक अक्टोबर १६ मा फोन वार्ता भएको थियो ।

हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा हमासमाथि शुरू गरेको आक्रमणको जवाफमा हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ । इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

इस्तानबुल अक्टोबर ७ को आक्रमण अघि हमासका राजनीतिक नेताहरूको आधारको रूपमा काम गर्दथ्यो । इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बन्नुभएको छ ।

एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीहरूको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्