Shikhar Insurance

एनआईसी एशिया क्यापिटलको नाफा साढे ५ करोड, म्युचअल फन्डको प्रगति कस्तो ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १९:५५
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आ.व. २०७७/०७८ को तेस्रो त्रैमाससम्म क्यापिटलको समग्र व्यवसायमा उत्साहजनक वृद्धि गरेको छ ।

मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र प्रतिस्पर्धा, कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि क्यापिटलले उल्लेख्य सुधार गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत तीन वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत दुईवटा बन्दमुखी योजनाहरु “एनआईसी एशिया ग्रोथ फन्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फन्ड” तथा एउटा खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फन्ड” संचालन गरिरहेको छ । चौथो रु. १ अर्ब बराबरको योजना “एनआईसी एशिया सेलेक्ट–३०” (इन्डेक्स फन्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ । “एनआईसी एशिया ग्रोथ फन्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड् फन्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ । ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत गरि हाल सम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फन्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ । उक्त लाभाशं वितरण पश्चात समेत आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अन्तमा “एनआईसी एशिया ग्रोथ फन्ड” को खुद सम्पत्ति मूल्य १७.८६ र “एनआईसी एशिया ब्यालेन्स्ड फन्ड” को खुद सम्पत्ति मूल्य १६.५५ तथा पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फन्ड” को खुद सम्पत्ति मूल्य ११.०९ कायम गर्न सफल भएको छ ।
क्यापिटलले आ.व. २०७७/०७८ को तेस्रो त्रैमाससम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु संचालन गरी ४६६ जना ग्राहकहरुबाट रु. १ एक अर्ब १५ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ । हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम रु. १ अर्ब ५४ करोड भन्दा बढी रहेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा १०५.५४ प्रतिशतले बृद्धि हो ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहँुच सहज र सर्वसुलभ तरिकाबाट पुर्‍याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ ।

क्यापिटलले तेस्रो त्रैमाससम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । जसको कारण क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगटन सफल भएको छ । हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, डीआईएस सेयर कारोवार गर्दा डीपीले लिने शुल्कमा क्यास ब्याक अफर, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेका छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को चैत्र मसान्तसम्म ९ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ६ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोल मार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

क्यापिटलले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले ५ करोड ४८ लाख खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी रु. ३६.५७ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो ।

.

 

GBIME

प्रतिक्रिया दिनुहोस्