Shikhar Insurance

कैलाली र कञ्चनपुरमा १६ वटा पुल मर्मत गरिँदै

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १६:२२
NIMB
Nabil Bank

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ । सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो ।

हिमसगरमाथा कन्स्ट्रक्सन प्रालीसँग रु १६ करोड ९३ लाख १८ हजार ५ सय ३९ मा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले बताए । “लामो समयदेखि राजमार्गका पुल मर्मत हुनसकेको थिएन”,उनले भने, “कार्यक्रमअन्तर्गत पुल मर्मत गर्न थालिएपछि यसले पुललाई दिगो तथा भरपर्दो बनाउनाका साथै पुलको आयु बढ्ने र सडक सुरक्षामा पनि सुधार ल्याउन सहयोग पुग्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

सूचना अधिकारी पन्तका अनुसार सो कार्यक्रमअन्तर्गत पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य भइरहेका छन् । पुलको सुरक्षाका लागि नदी नियन्त्रणअन्तर्गत तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक सुरक्षा स्तरोन्नतिलगायत सडक स्टड स्थापना, डब्लु–मेटल बीम ट्र्यास ब्यारियर, डेलिनेटर्स, पोष्ट, रोड मार्किङ र ट्राफिक चिन्ह राख्ने कार्य भइरहेको उहाँको भनाइ थियो । सो कार्यक्रमअन्तर्गत पुल मर्मतका लागि हिमसगरमाथा कन्ट्रक्सनसँग गत असार २२ गते सम्झौता भएको थियो । इञ्जिनियर पन्तका अनुसार हालसम्म कार्यक्रमको भौतिक प्रगति ६० प्रतिशते छ भने वित्तीय प्रगति १८ प्रतिशत छ । मर्मत हुन थालेका पुलको कूल लम्बाइ एक हजार दुई सय १८ मिटर छ ।

निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले निर्माणका लागि कार्यदेश पाएका बेला वर्षात्का कारण नदीजन्य पदार्थ पाउन मुस्किल भएकाले कममा केही विलम्ब भएको बताए । “पुल मर्मतका कार्य पूरा भइसकेका छन्”, उनले भने, “कञ्चनपुरको दोदा, कैलालीका कान्द्रा, डोडा र मोहना नदीमाथि रहेका पुल सुरक्षाका लागि तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छौँ ।” ठेक्काबापतको कार्य गरेअनुसार समयमै रकम भुक्तानी हुन नसक्दा कार्य अगाडि बढाउन अप्ठ्यारो परेको सञ्चालक विष्टको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्