Shikhar Insurance

बिहीबार ५.६३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अंकले बढेर परिसुचक १९६६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३१३ कम्पनीको सेयर कारोबार हुँदा ७० लाख ५८ हजार ३ सय ९९ कित्ता कारोबार हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३ सय ६२ रुपैयाँ ५९ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपैयाँ ७० पैसा कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४८ रुपैयाँ पुगेको छ ।

बिहीबार ११५ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ओरियन्ट होटलको सेयर मूल्य सर्वाधिक बढेको छ भने कुमारी सवल युजनको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्