Shikhar Insurance

युनाइटेड इदी मर्दी हाइड्रोपावरले सेयरधनीलाई ५.७८ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १०:२१
NIMB
Nabil Bank

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई ५.७८९ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले गत आव को मुनाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०।२८९ नगद लाभांश कर तिर्न दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।  कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा आभ्या क्लब, घारीपाटन,१७ पोखरा, कास्कीमा बिहान ११ बजे आव्हान गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै,साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८।७९ को नाफाबाट कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्