Shikhar Insurance

पुँजी बजारमाथि अर्थमन्त्रीको सधैँ उपेक्षा, नियतमै खोँट की अक्षमता ?

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । आफ्नो २२ महिने कार्यकाल सकेर नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल पुस २० गतेदेखि बिदामा बसे । त्यसको चार दिनपछि अर्थात पुस २४ गते नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिए । मन्त्रिपरिषद बैठकले सोही दिन खनालको राजीनामा स्वीकृत गर्दै अर्काे अध्यक्ष छनौटका लागि समिति गठन गर्यो । र अहिले प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन परिसकेको छ ।

उता, पुस २० गते देखि नै धितोपत्र बोर्डको अध्यक्ष पद खाली भए पनि सरकारले त्यसका लागि तत्कालै नियुक्ति प्रक्रिया अघि बढाउन चाहेन् । त्यति मात्रै होइन, दैनिक कार्य सञ्चालनका लागि समेत कसैलाई जिम्मेवारी तोकेन् । पुस २० गतेदेखि बोर्ड नेतृत्व बिहिन थियो, सरकारले माघ ३ गते बल्ल अध्यक्ष छनौट समिति गठन गर्यो । तर त्यो समितिले अझैसम्म पनि आफ्नो काम आरम्भ गर्न सकिरहेको छैन् । समितिमा विज्ञ सदस्यको जिम्मेवारी दिएका उदय निरौलाको बिशेषज्ञतामा प्रश्न उठेपछि छनौट समितिले काम सुरु गर्नै नसकेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकार अर्थात अर्थमन्त्री डा. प्रकाश शरण महतले माघ ७ गते मात्रै बोर्डमा दैनिक कार्यसञ्चालनको जिम्मेवारीका लागि पत्र लेखे । त्यसमा पनि कसलाई जिम्मेवारी दिईएको हो भन्ने खुलाएनन् । अर्थमन्त्रीले बोर्डका बरिष्ठतम कार्यकारी निर्देशकलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिईएको छ भन्ने व्यहोराको पत्र लेखे । जबकी यस अघि बोर्डमा दैनिकीको जिम्मेवारी तोक्दा बरिष्ठतम कार्यकारी निर्देशक फलनालाई जिम्मेवारी दिईएको भनेरै किटान गरिन्थ्यो ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालले ब्रोकर कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएको पनि महिनौं बितिसक्यो तर अर्थमन्त्री डा. महतले त्यसलाई पनि वेवास्था गर्दै आएका छन् । बोर्डले कात्तिक  १ गते नै ब्रोकर कमिसन १० प्रतिशतका दरले घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएका थिए, सो निर्णय अहिलेसम्म पनि स्वीकृत भएको छैन् ।

उता, पुँजी बजारमा साना कम्पनीहरुलाई समेत प्रवेश गराउनका लागि एसएमई प्लेट फर्म सञ्चालनका गर्ने भनिएको थियो । एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी कार्यबिधि पनि बोर्डले मन्त्रालय पठाएको आधा बर्ष नाघिसक्यो तर पनि मन्त्री डा. महतले कुनै निर्णय वा पहल लिएका छैनन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेर स्वीकृत गराएपछि मात्रै एसएमई प्लेट फर्म सञ्चालनमा ल्याउन सकिन्छ ।

त्यति मात्रै नभएर नेप्सेको पुनःसंरचना सम्बन्धी प्रतिवेदन मन्त्रालय पुगेको पनि महिनौं बितिसक्यो । त्यसमा पनि अर्थमन्त्रीले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् ।

‘अर्थमन्त्रीले पुँजी बजारको सुधारका लागि कुनै चासो नै देखाउनु भएको छैन्, हामीले पनि पटक पटक कुरा गरेका थियौं । उहाँले हुन्छ गरौंला भन्ने बाहेक केहि भन्नु भएन तर काम केहि पनि गर्नु भएको छैन्’ एक लगानीकर्ताका अगुवाले सिंहदरबारसँग भने ।
मन्त्री डा. महतकै अनिच्छाका कारण अहिले बजार सुधारका थुप्रै प्रयासहरु अलपत्र परिहेको आरोप पनि उनले लगाए ।

‘मन्त्रीज्यरुले बजार सुधारका लागि किन अनिच्छा देखाउनु भएको हो ? थाहा छैन् । अर्थशास्त्रमै विद्यावारिधि गर्नु भएका मन्त्रीले कुरा बुझ्नु भएन भन्न पनि सकिन्न । उहाँको नियतमा खोँट पनि के लगाउनु ? हामी त रनभूल्लमा छौं’, अर्का एक लगानीकर्ताले भने ।

१० प्रतिशतले घट्याे ब्रोकर कमिसन, अब कति ?

डेढ महिनादेखि अर्थमन्त्रीले रोके ब्रोकर कमिसन घटाउने निर्णयको फाइल

धितोपत्र बोर्डमा ‘दैनिकी’को जिम्मेवारी कसैले पाएनन्, अर्थमन्त्रीको नियत र कार्य क्षमतामा प्रश्न

धितोपत्र बोर्डमा अध्यक्ष छान्न सरकारको अरुचि, नयाँ स्टकको चर्चाले गठबन्धन ‘हच्कियो’

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित समिति नै त्रुटिपूर्ण

नेपाल धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी डा. अधिकारीलाई

GBIME

प्रतिक्रिया दिनुहोस्