Shikhar Insurance

१० प्रतिशतले घट्याे ब्रोकर कमिसन, अब कति ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १, बुधबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । बुधबार बिहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

बोर्डले निर्णय गरी सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ। अर्थ मन्त्रालयले सहमति दिएपछि नयाँ ब्रोकर कमिसन दर लागू हुनेछ । बोर्डले अहिले कायम रहेको ब्रोकर कमिसनका स्ल्याबहरु क्रमशः १० प्रतिशतले घटाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले आफूले ब्रोकरबाट पाउने कमिसन पनि १० प्रतिशतले नै घटाउने निर्णय गरेको छ । बोर्डले प्रतिकारोबार प्राप्त गर्ने कमिसन भने ७ प्रतिशतले घटाउने निर्णय गरेको छ ।

‘ब्रोकर कमिसन घटाउने निर्णय गरेर सहमतिका लागि अर्थ मन्त्रालय पठाएका छौं, अर्थको सहमतिपछि कार्यान्वयनमा आउँछ ।’, बोर्ड  स्राेतले सिंहदरबारलाई बताएको छ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

अब ब्रोकर कमिसन १० प्रतिशतले घट्दा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्