Shikhar Insurance

धितोपत्र बोर्डमा ‘दैनिकी’को जिम्मेवारी कसैले पाएनन्, अर्थमन्त्रीको नियत र कार्य क्षमतामा प्रश्न

६० लाख लगानीकर्ता र बजार उच्च जोखिममा
सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार ११:५४
NIMB
Nabil Bank

काठमाडौं । छिन छिनमै चलखेल भैरहने नेपालको पुँजी बजार नियमन गर्ने सर्वाेच्च संस्था नेपाल धितोपत्र बोर्ड करिब दुई हप्तादेखि नेतृत्व बिहिन बनेको छ । पुस २० गते आफ्नो २२ महिने कार्यकाल पुरा गरि अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्ड नेतृत्व बिहिन बन्न पुगेको हो । त्यति मात्रै होइन, २० गतेदेखि बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी समेत कसैले पाएको छैन् ।

बोर्ड अहिले चार जना कार्यकारी निर्देशकहरु क्रमशः डा. नबराज अधिकारी, विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल कार्यरत छन् । उनीहरुमध्येबाट एक जनालाई दैनिक कार्यसञ्चालन तथा बोर्ड बैठक समेत बोलाउन सक्ने गरि अख्तियारी दिने प्रचलन छ । यस अघि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई मन्त्रिपरिषदले निलम्बन गरेपछि बरिष्ठ कार्यकारी निर्देशक निरज गिरीलाई दैनिक कार्य सञ्चालन तथा बोर्ड बैठक बोलाउने अख्तियारी दिईएको थियो । तर अहिले भने अध्यक्ष बिहिन बनेको दुई हप्ता पुग्नै लाग्दा समेत बोर्डमा कसैलाई त्यस्तो दैनिक कार्यसञ्चालनको जिम्मेवारी तोकिएको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जिम्मेवारी पाउन दुई कार्यकारीको समानान्तर पत्र
केहि दिन अघि बोर्डका दुई जना कार्यकारी निर्देशक डा. नबराज अधिकारी र कृष्णराज पोखरेलले तत्कालै दैनिक कार्य सञ्चालनको जिम्मेवारी चाहियो भन्दै अर्थ मन्त्रालयमा पत्र बुझाएका थिए ।

दुर सञ्चारमा हतारो, सेबोनलाई वेवास्था
नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा दिएका थिए । उनको राजीनामा सोही दिन बसेको मन्त्रिपरिषदले स्वीकृत गरेर नयाँ अध्यक्ष छनौटका लागि सञ्चार सचिव कृष्ण बहादुर राउत संयोजकत्वमा छनौट समिति गठन गर्यो । सोही मन्त्रिपरिषद बैठकले प्राधिकरणमा सञ्चालक समिति सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईसकेको छ ।

तर धितोपत्र बोर्डमा भने अझै पनि कसैलाई जिम्मेवारी दिने छाँटकाँट देखिएको छैन् । बोर्डमा त्यस्तो जिम्मेवारी दिने अख्तियारी अर्थमन्त्री डा. प्रकाश शरण महतको हातमा छ । तर डा. महतले अहिलेसम्म मन्त्रिस्तरिय निर्णयबाट कसैलाई दैनिक कार्य सञ्चालन र बोर्ड बैठक डाक्ने अख्तियारीसहितको पत्र दिने हिम्मत गरेका छैनन् ।
जिम्मेवारीका लागि चारै इडीले दैनिक कार्य सञ्चालनको जिम्मेवारी पाउनका लागि दौडधुप तिब्र बनाएका छन् । बोर्डको वेभसाइटमा राखिएको व्यवस्थापन टिमको सूचि अनुसार पहिलो नम्बरमा डा. नबराज अधिकारी, दोश्रोमा विनयदेव आचार्य, तेश्रोमा मुक्तिनाथ श्रेष्ठ र चौथो नम्बरमा कृष्णराज पोखरेलको नाम छ ।

छिनछिमै चलखेल, अर्थमन्त्रीलाई छैन् चासो
नेपालको सेयर बजारमा छिनछिनमै चलखेल हुने गरेको छ । त्यस्तो चलखेल रोक्ने जिम्मेवारी नेपाल धितोपत्र बोर्डको हो । तर त्यहि बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी समेत तोक्ने हिम्मत अर्थमन्त्रीले अहिलेसम्म गर्न सकेका छैनन् । बोर्डका कर्मचारी दिनभर घाम तापेर बसिरहेका छन् । यसपाली बोर्डका कर्मचारीले पुस महिनाको तलब समेत नपाउने हुन की भन्ने आशंका थियो । तर तलब भने एकाध दिन ढिला गरि सबैको खातामा पुगिसकेको छ । बोर्डमा आईरहेका चिठ्ठि पत्रहरुमा कसले तोक लगाउने ? कसले दर्ता गर्ने भन्नेसम्मको दुबिधा छ ।

अर्थमन्त्रीमाथि गम्भिर प्रश्न
राजश्व उठाउन, खर्च गर्न र वित्तिय अनुशासन कायम राख्न गम्भिर रुपले चुक्दै आएका अर्थमन्त्रीमाथि अर्काे गम्भिर प्रश्न उब्जिएको छ, धितोपत्र बोर्डलाई लिएर । मन्त्रिस्तरिय निर्णयबाट तत्कालै बोर्डका लागि दैनिक कार्य सञ्चालन गर्ने अधिकारी तोक्ने अधिकार पाएका मन्त्रिले कसको दबावमा त्यस्तो निर्णय नगरि बसेका हुन् ? भन्ने प्रश्न स्वभाविक रुपमै उठिसकेको छ ।‘यो त अर्थमन्त्रीज्यूको कार्य क्षमतामाथिकै गम्भिर प्रश्न हो, त्यति मात्रै होइन, ६० लाख लगानीकर्ताको भविष्यमाथिको खेलाँची पनि हो ।’, एक लगानीकर्ताले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्