Shikhar Insurance

नेपाल धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी डा. अधिकारीलाई

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १६:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीले पाएका छन् ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।
अर्थमन्त्रालायबाट बोर्डमा आइतबार नै पत्र पुगेको छ । बोर्डका बरिस्ठ कार्यकारी अधिकृत रहेका अधिकारीले दैनिक कार्य संचालन र बोर्ड बैठक डाक्न सक्ने अधिकार सहितको जिम्मेवारी पाएका हुन् ।

बोर्डमा पुस २० गतेदेखी अध्यक्ष पद खाली छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचीव कृष्णहरि पुष्कर र उदय निरौला सदस्री रहेको छनौट समिती गठन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्