Shikhar Insurance

रेड्मी नोट १३ सिरिज आजदेखि नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । साओमीले आज रेड्मी नोट १३ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले नोट सिरिज सार्वजनिक गरेको हो ।

यस अन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस उपलब्ध छ । दुवै प्रो मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । न-डिस्प्ले फिङ्गरप्रिन्टको सुविधा भने रेड्मी नोट १३ सिरिजका सबै मोडेलमा पाउन सकिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट रहेको रेड्मी नोट १३ प्रो प्लसको मूल्य ४७९९९ रुपैयाँ तोकिएको छ । भने १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२९९९ रुपैयाँ रहेको छ कम्पनीले जनाएको छ । त्यस्तै रेड्मी नोट १३ प्रोमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट रहेको छ । यसको मूल्य ३४९९९ रुपैयाँ रहेको छ भने १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीले रेड्मी नोट १३ मा पनि दुई ओटा भेरियन्ट ल्याएको छ । कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टलाई २४९९९ रुपैयाँमा र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई २७९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरेको छ । यसमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्धेश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । शाओमीको प्रतिबद्धता सरल छ । हामी हाम्रा सबै ग्राहकहरुलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौँ । स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यी नयाँ मोडेलहरुलाई मन पराईदिनुहुनेछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्