Shikhar Insurance

माधव नेपालले भनेः पत्रकार माथिको धरपकड बन्द गरौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पत्रकारहरुमाथिको धरपकड बन्द गनै आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पत्रकार माथिको धरपकड अन्त्य गरि पुर्ण प्रेस स्वतन्त्रता विपरिदका कार्यहरु समेत बन्द गर्न आग्रह गरेका हुन् । बरिष्ठ नेता नेपालले प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस जगतले खेलेको भूमिकाका लागि धन्यवाद पनि भनेका छन् । उनले प्रेसलाई राज्यको नियन्त्रणमा नराखी स्वःनियमनको माध्यमबाट मर्यादित तथा व्यवस्थित गरिनुपर्ने पनि बताए ।

शुभकामना सन्देश
विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यस वर्ष ‘सूचना सार्वजनिक वस्तु हुन्’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यो दिवस मनाइँदैछ ।सूचनालाई वस्तुको रुपमा चित्रित गर्दै नयाँ बहस सुरु हुनु आफैंमा राम्रो पक्ष हो । सर्वप्रथम म नेपालमा लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले खेलेको महत्वपूर्ण भूमिका स्मरण गर्दै हार्दिक सम्मान व्यक्त गर्दछु ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी पछिल्लो समय अलोकतान्त्रिक तथा प्रतिगामी कदमका विरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यसक्रममा पत्रकारहरुमाथि भएको धरपकड अन्त्य गरी पूर्ण प्रेस स्वतन्त्रताको मूल्य मान्यता विपरितका कार्य बन्द गर्न आग्रह गर्दछु । प्रेस आफैं पनि मर्यादित हुन जरूरी छँदैछ तर त्यसलाई राज्य नियन्त्रित बनाउनुभन्दा पनि स्व:नियमको माध्यमबाट सुधार गर्ने प्रशस्त ठाउँहरु रहेका छन् ।

प्रेस स्वतन्त्रतालाई संविधानप्रदत्त अधिकारका रुपमा स्थापित गरेपछि नेपालमा सञ्चार माध्यमहरु खुल्ने क्रम जारी छ । अहिले कोभिड १९ का कारण सञ्चारमाध्यमहरु संकटमा छन् ।अतस् सञ्चारजगत् र पत्रकारहरको रोजगारी सुरक्षाका निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग अनुरोध गर्दछु । अन्त्यमा, पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुमा विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्दै विधि/पद्दति र न्यायको पक्षमा दृढतापूर्वक उभिन सक्नुहोस् भनी शुभकामना व्यक्त गर्दछु ।

GBIME

प्रतिक्रिया दिनुहोस्