Shikhar Insurance

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ दिन नेप्से बढेको छ । नेप्से ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा बन्द भएको हो ।

आज बुधबार ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाईनान्स लिमिटेडको १०.०० प्रतिशत, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको १०.०० प्रतिशत, पाँचथर पावर कम्पनी लिमिटेडको १०.०० प्रतिशत, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको ९.९७ प्रतिशतले सर्किट लागेको हो ।

साथै, श्री इन्भेष्टमेण्ड फाईनान्सको ८.७६, समृद्धि फाईनान्स कम्पनीको ८.५५, वेष्ट फाईनान्स कम्पनीको ८.३९ सहित १५७ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्