Shikhar Insurance

लक्ष्मी सस्टेनेबल इनर्जीले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार ११:२०
NIMB
Nabil Bank
काठमाडौं । लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड र पुवा खोला–वान हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहल गर्ने घोषणा गरेको हो ।
सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा र पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्