Shikhar Insurance

लर्डबुद्ध एजुकेशन र माइक्रोसफ्टबीच शैक्षिक सहकार्य गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको छ । समझदारीपत्रमा फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका निर्देशक योसुप फारुखले हस्ताक्षर गरेका हुन् ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबिच शैक्षिक सहकार्यको समझदारी भएको हो । फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँने नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ । माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने जानकारी दिए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्