Shikhar Insurance

मेडिकल कलेजद्वारा आयोजित स्वास्थ्य शिविरबाट १६ सय बढी बिरामी लाभान्वित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १२:१०
NIMB
Nabil Bank

विरगञ्ज । नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् । रौतहटको दुर्गा भगवती गाउँपालिकामा फागुन ९ र १० गते सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट १६ सय बिरामी लाभान्वित भएका हुन् ।

दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सक सहित नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविर आएको थाहा पाएपछि उक्त पालिकाका गाउँ गाउँबाट बिरामीहरु पुगेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा.इशर्त जहान अन्सारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५ सय जनाको इसिजी र ११ सयको इको गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्