Shikhar Insurance

ब्रिटिस काउन्सिलले आयोजना गर्यो ‘एजुकेसन सिम्पोसियम’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १४:१२
NIMB
Nabil Bank

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले सातौँ ‘एजुकेसन सिम्पोसियम’ को आयोजना गरेको छ । सोमबार काठमाडौंमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’शीर्षकमा उक्त सिम्पोसियम आयोजना भएको हो ।

विश्वभर उच्च स्तरको ‘सीपीडी’उपलब्ध गराउन, शिक्षकहरूको अभ्यास अभिवृद्धि गराउँदै उनीहरूको सिकाइलाई सफल बनाउन योगदान दिने ब्रिटिस काउन्सिलको उद्देश्य रहेको छ । ‘विद्यालय शिक्षा क्षेत्र योजना’ ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाई उपलब्ध गर्न शिक्षकहरूको विकास आवश्यक रहेको ब्रिटिस काउन्सिलले बताए । विभिन्न रणनीतिहरूमा शिक्षकको योग्यताको ढाँचालाई समसामयिक बनाउने, शिक्षक तयार पार्ने कार्यक्रमहरू लागू गर्ने, पेसागत विकास प्रणालीमा सुधार ल्याउने, शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्नेलगायतका कार्यमा अगाडि बढे शिक्षाको स्तर उकास्न सक्ने ‘विद्यालय शिक्षा क्षेत्र योजना’ को दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा बेलायतका महामहिम राजदूत रोब फेनले भने, ”शिक्षाका लागि विश्वव्यापी साझेदारी (जीपीई) लगायत कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ।” कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ”गएका वर्षहरूमा शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलबीच सहकार्य भएको थियो । शैक्षिक स्तर र अभ्यास सुधारका लागि बेलायतका विद्यालय र संस्थाहरूसँग पेसागत साझेदारी स्थापित गर्न संयुक्त प्रयासहरू पनि भएका छन्।” ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो।

GBIME

प्रतिक्रिया दिनुहोस्