Shikhar Insurance

मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिकले चैत ९ गते बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार ११:४८
NIMB
Nabil Bank

काठमाडौैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १५ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार चैत ९ गते बस्ने गरी सभा आह्वान गरेको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ । साथै, सभाममा सञ्चालक समितिका सदस्यको नियुक्ति अनुमोदन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा छलफल गर्ने र जाल्पा लघुवित्तले १ कित्ता सेयर प्राप्त गर्दा किसान लघुवित्तले ०.८८३४ कित्ता सेयर प्राप्त गर्ने गरी सेयर अनुपात सम्बन्धी प्रस्ताव पारित गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

साथै, सेयर प्रयोजनका लागि फागुन २४ गते एकदिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । अघिल्लो दिन फागुन २३ गतेसम्म सेयर कारोबारमा कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्