Shikhar Insurance

बागमती प्रोस्कूनको आयोजनामा ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ सुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १२:३९
NIMB
Nabil Bank

काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ सुरु भएको छ । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरु भएको हो ।

कार्यक्रमको संयुक्त उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । ‘बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जना भएको छ । यसलाई समाधान गर्नका लागि सबैको हातेमालो आवश्यक छ । अहिले सहकारीमा नियामक निकायको भूमिका पनि संकास्पद छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्याउन सक्छ ।’ उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनु पर्ने उनले बताए । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दिगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघले नेतृत्व गर्ने बताए । सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको उनले बताए । ‘बचत तथा ऋण सहकारी अभियानलाई साकोस समिटले एक किसिमको सन्देश दिनेछ’ उनले भने । बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिवद्ध रहेको बताए ।

‘सहकारी क्षेत्रमा भएको जोखिम ब्यावस्थापनको लागि नै संघ केन्द्रित रहेको छ’ उनले भने । साकोस समिट सहकारी क्षेत्रमा सदस्यहरुको बचतको सुरक्षा गर्ने, देखिएका जोखिमलाई न्यूनीकरण विषयमा केन्द्रित हुने उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्