Shikhar Insurance

सहकारी क्षेत्रको यथार्थता बाहिर ल्याउन आवश्यक छः उपरजिष्ट्रार उपाध्याय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १२:५०
NIMB
Nabil Bank

काठमाडौं । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको यथार्थता र सम्पूर्ण विवरण बाहिर ल्याउन आवश्यक रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा सुरु भएको बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्र्नु पर्ने धारणा उनले व्यक्त गरे । सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ ? सो विषयको समीक्षा गर्नु पर्नेमा उनले जोड दिए । सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपाध्यायले भने,‘सहकारीले के कस्ता योगदान गरेको छ ? त्यसको यथार्थ विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ । ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ । वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढ््नेछ र राज्यले समेत यसको महत्व थाहा पाउँनेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्