Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते, के-के छन् एजेन्डा ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १०:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा चैत्र २० गते बोलाएको छ ।कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बस्ने आव्हान गरेको हो ।

बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, बासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्