Shikhar Insurance

सहकारीको दीगोपनामा प्रश्न उठ्दा जनशक्ति आकर्षित भएनन् : प्राडा स्थापित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्राडा अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ति पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रोमिटेन्सले गरेको बताएका हुन् ।

उनले भने,‘अहिले नेपालमा दक्ष जनशक्तिको कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उताढ चढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् । रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकरात्मक मान्न हुँदैन । यो दिगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ संस्थामा अन्धाधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए । सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकरात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए । त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ता कुरा मुख्य रहेको उनले औल्याए ।

स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि हुनुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्