Shikhar Insurance

कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु राजन प्रसाद अमात्यको नाममा रहेको ४ लाख कित्ता, महेश सिंहको नाममा रहेको १७ हजार ९ सय ६६ कित्ता, सुदेशना कर्मचार्य प्रधानको ९२ हजार ३ सय ५४ कित्ता, शशी कार्कीको ८६ हजार ७ कित्ता, मनोज सिंह भण्डारीको २७ हजार ६ सय ४९ कित्ता, सुलोचना भण्डारीको १७ हजार ३ सय ८ कित्ता गरी कुल ६ लाख ४१ हजार २ सय ८४ कित्ता सेयर बिक्री गर्ने लागेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कार्यालय, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री प्रकिया अगाडी बढाउने सूचनामा उल्लेख गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्