Shikhar Insurance

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १०:५०
NIMB
Nabil Bank

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी ईन्द्र बहादुर गोदारको नाममा रहेको ६ हजार २ सय ६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी-४ ललितपुर वा सेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी आइपुग्नेगरी आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने खुलाएको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री प्रकिया अगाडी बढाउने सूचनामा उल्लेख गरेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्