Shikhar Insurance

विषयको गहिरो अध्ययन नगरी कर्मचारीलाई हिरासतमा लिनु अत्यन्तै दुःखद : सिबिफिन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १२:४३
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले केही दिनदेखि कर्जा दुरुपयोगको विषयलाई लिएर ‘बैंकका कर्मचारी पक्राउ’ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासबारे गहिरो अध्ययन नगरी पेशाकर्मीलाई हिरासतमा लिइएकोप्रति परिसंघले आपत्ति जनाएका हुन् ।

परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘बैंकका गतिविधिहरु नियामक निकायको निगरानीमा रहेको छ । सिबिफिनको सुचनामा भनेको छ, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रणमा लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ । यतिमात्र हैन समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् ।’

Citizen Life
Kumar Bank
Nepal Life

देशमा भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति बिदेश पलायन भइरहेको सन्दर्भमा मातृभूमिप्रति आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा गहिरो असर पर्न सक्ने सिबिफिनले जनाएको छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा हुने राष्ट्र योजनामा समेत ठेस पुग्ने भएकाले सिबिफिनले यस विषयप्रति आपत्ति जनाएको छ ।

कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । सिबिफिनले सुचनामार्फत भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्