Shikhar Insurance

विष्णु पौडेल अर्थमन्त्री नबन्ने भएपछि सेयर बजारमा पहिरो

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । हिजो नयाँ अर्थमन्त्री विष्णु पौडेल हुने हल्लै हल्लाले लगानीकर्ता उत्साहित भएका थिए तर, वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता पुनः निराश भएका हुन् ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ७०.३१ अंकले घटेर २००७.६९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज ३१६ कम्पनीको १ कराेड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ २ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ९३ रुपैयाँ रहेको छ ।

साथै, आज २१३ कम्पनीको सेयर मूल्य घट्दा ३३ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज गुँरास लघुवित्तको सेयर ८.७३ प्रतिशतले बढेको छ, भने बोटलस् नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्