Shikhar Insurance

आइसिएफसि फाइनान्सले ६.५ प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले सेयरधनीको डिम्याट खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको हो ।

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको बैंकले एक सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म पनि सेयरधनीहरुले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएकोमा यथाशिघ्र अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । ्

साथै, आर्थिक वर्ष २०७३/०७४ देखि २०७८।०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई डिम्याट खाता खोलेको स्थानमा सम्पर्क गरी डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन कम्पनीले सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्