Shikhar Insurance

नेरुडे र मिर्मिरे लघुवित्तको फागुन ३० गतेदेखि एकिकृत कारोबार सुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन ३० गतेबाट एकिकृत कारोबार हुने भएको छ । दुबै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तीम स्वीकृति दिएको होे ।

कम्पनीहरुको गत बैशाख १० गते बसेको विशेष साधारण सभाले आपसमा मर्ज हुने प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ र नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तीम स्वीकृति दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

दुबै संस्था १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्