Shikhar Insurance

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदै कार्की, वार्षिक ८ देखि १० लाखसम्म आम्दानी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १२:३१
NIMB
Nabil Bank

इलाम । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । समाजमा भन्ने गरेका नकरात्मक सोच अशिक्षित मानिसहरुले मात्र पशुपालन र कृषिपेशा गर्छन् भन्ने कुरालाई पाखा लगाएर उनले व्यावसायिक रुपमा बाख्रापालनबाट वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनि अशिक्षित भएर बाख्रापालन गरेको कदापि होइनन्, उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेशामा बिताए पनि गाउँ फर्केर व्यावसायिक रूपमा बाख्रापालन थालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सोचेजस्तो जीवन कस्काे हुने रहेछ र  लामो समयदेखिको दौडानमा  खासै उनले केहि प्रगति गर्ने सकेन् । उनले भने, ‘सधै सोच्थे जीवन सुधार्नको लागि शिक्षक पेशाले मात्र केहि नहुने रहेछ शिक्षक पेशा चट्क्क छोडेर आफ्नो जन्मभुमि तिर प्रस्थान गरे।’  तब सुरु भयो उनको जीवन्त २०७३ सालमा शिक्षण पेशा छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका हुन् । विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् ।

उनले खुसि हुँदै भने, ‘मेरो फार्म अहिले नमूना फार्मका रूपमा परिचित भएको छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित भएको छु ।’ यस्तो सुन्दा निकै खुसि लाग्ने गरेको उनले बताए ।

उनले लामो सास फेर्दै भने, ‘देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर बाख्रापालन गर्दै आएको छु ।’ “दश वर्षसम्म काठमाडौंका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु”, उनले भने, “वार्षिक ८ लाख देखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।”

उनले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए । उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने कुरा दाबी गरेका छन् ।

उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी १ सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए । उनले दिन दिनै गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लक्को बढेको देखेर आफ्नो देशमा दुख गरे यही केही गर्ने सकिन्छ भन्नेर आफ्नो पेशा त्यागेर बाख्रापालन सुरु गरेको दाबी गरे ।

बीउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ  । उनले भने, ‘बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।’

उनको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु ।’ उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।

उनले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाएको बताए । चालीस रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको जानकारी गरे । उनले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

उनले सरकारबाट समेत सहयोग राम्रै साएको बताए । उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत ७ लाख अनुदान पाएको बताए । सो अनुदानबाट आधुनिक खोर निर्माण गरेका छन् । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग रहेको उनले बताए ।

पैसा कमाउन विदैश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडौंको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापान सुरु गरेको कार्कीले बताए । “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ”, कार्कीले भने निरन्तरता दिएर नवीनतम् ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ । उनले भने, ‘म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।’  बाख्रापालनका अलावा उनले व्यावसायिक कफीखेतीसमेत गर्दै आएका छन् । साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लागाएको पनि उनले जानकारी गरे ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्