Shikhar Insurance

दोल्ती पावरको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ कारोबार दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ९.३३ अंकले बढेर २०१७.०३ मा पुगेको हो ।

आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । दोल्ती पावर कम्पनी लिमिटेडको १०.०० प्रतिशतले सर्किट लागेको छ ।
साथै, स्वरोजगार लघु वित्त विकास बैंक लिमिटेडको ८.७० प्रतिशत, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ८.६७ प्रतिशत, गुराँस फाईनान्स लिमिटेडको ८.०९ प्रतिशत सहित २०० कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्