Shikhar Insurance

९.३३ अंकले बढ्यो सेयर बजार, ३ अर्ब माथि कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । साताको चाैथाे कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.३३ अंकले बढेर २०१७.०३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १ सय ५४ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय १४ रुपैयाँ रहेको छ ।

साथै, आज ६२ कम्पनीको सेयर मूल्य घट्दा १७५ कम्पनीको बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ, भने मैलुङ हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्