Shikhar Insurance

साढे तीन घण्टा कुरेर गभर्नरको नयाँ अर्थमन्त्रीलाई स्वागत, समय मागेरै देखाए ‘नरमपन’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०७:२८
NIMB
Nabil Bank

काठमाडौ । नयाँ अर्थ मन्त्री वर्षमान पुनप्रती नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नरम बन्ने संकेत गरेका गरेका छन् । बुधबार नयाँ मन्त्रीलाई स्वागत गर्न साझ साढे ५ बजेतिर नै अधिकारी अर्थमन्त्रालय पुगेका थिए । मन्त्रालयको अर्थसचिव बस्ने कक्षको गोप्य कोठामा गभर्नरले नयाँ मन्त्रीका लागि करिब साढे तीन घण्टा मन्त्रीलाई कुरे । सपथको समय लम्बिदा मन्त्री पुन अर्थमन्त्रालय साढे आठ बजे मात्रै आइपुगेका थिए । ५ बजे कार्यालय सकिने कर्मचारीहरु समेत मन्त्रीको पर्खाइमा घण्टौ कुरि बसेका थिए । कर्मचारीसँग गभर्नरले पनि लामो समय बिताएका थिए।

मन्त्री मन्त्रालयमा प्रवेश गरेसंगै गभर्नर सुवर्ण हलमा प्रवेश गरेका थिए । हलमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख डा. टोकराज पाण्डेले कार्यक्रम संचालन गरेका थिए । पाण्डेले सुरुमा अर्थसचिव कृष्णहरी पुस्करलाई बोल्न समय दिए , त्यसपछी पाण्डेले सिधै कुरा राख्न मन्त्रीलाई समय दिए । तर गभर्नर अधिकारीले आफूले पनि कुरा राख्ने भन्दै समय मागे हतारमा पाण्डेले आफ्नो कुरा सच्याउंदै गभर्नरलाई समय दिए । गभर्नरले समय पाएपछी अर्थतन्त्रमा थोरै समस्या रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ उनको भनाई
“यस अवसरमा माननीय अर्थमन्त्रीलाई हार्दिक-हार्दिक शुभकामना दिन चाहान्छु । साथै सफल कार्यकालको शुभकामना दिन चाहान्छु । मैले यसभन्दा अघि पनि माननीय मन्त्री ज्यूसंग काम गर्ने मौका पाएको थिए । त्यतिबेला म राष्ट्र बैंकको डेपुटी गभर्नर थिए । माननीय ज्यू अर्थमन्त्री रहनु हुन्थ्यो । म लगानी बोर्डमा हुदाँ पनि माननीय ज्यू उर्जा मन्त्री हुनुहुन्थ्यो । हामी सबैलाई थाहा छ । सबै मन्त्रालयमा उहाँले सफल रुपमा काम गर्नु भएको छ।

हामी सबैको अपेक्षा पनि सोही रहन्छ कि यो सफलता अब पनि दोहोरिने छ । एउटा विशेषता मन्त्री ज्यूको विशेषगरी टिमलाई विश्वास गर्ने । जब हाम्रा लिडरले हामीलाई विश्वस गर्नुहुन्छ । जिम्मेवारी र जवाफदेहिता उत्तिकै बढी हुन्छ । समग्र अर्थतन्त्रको बारेमा विस्तारमा भन्ने नै छौ । छोटकरीमा भन्दा अर्थ सचीवले भन्नू भएकाे जस्तै वास्तविक क्षेत्र र सार्वजनिक वित्तमा एक खालको दबाब छ।

त्यो बाहेकका अन्य क्षेत्रमा राम्रो सफलता मिलेको छ । बाहिर हल्ला गरिएको जस्तो स्थिति रहेको छैन । यो विषयमा पछि विस्तारमा चर्चा गर्ने नै छौं । म एक पटक पुन: हार्दिक-हार्दिक शुभकामना दिन चाहान्छु।”

जनार्दन र प्रकाश शरणसंग थियो कटाक्ष

यसघिका दुई अर्थमन्त्री जनार्दन शर्मा र प्रकाशसरण महतसंग भने गभर्नरको कटाक्ष थियो । जनार्दन शर्मा अर्थमन्त्री रहँदा गभर्न संग पानी बाराबारको अवस्था थियो भने डा. महतसंग पनि गभर्नरको सम्बन्ध सौहार्दपूर्ण रहन सकेन । बिचमा थोरै समयका लागि आएका अर्थमन्त्री बिष्णु पौडेलसंग भने गभर्नरको घनिष्ठ सम्बन्ध रह्यो ।

जनार्दन शर्मा र प्रकाश शरण महतसंगको तिक्ततापूर्ण सम्बन्धका कारण गभर्नर अधिकारीलाई काम गर्न निकै मुस्किल परेको थियो । स्वयं प्रधानमन्त्री प्रचण्डले समेत मौद्रिक निति र बजेटबिच तारतम्य नमिलेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नआएको बताएका थिए ।

अहिले भने गभर्नरले एक कदम अघि सरेर सहकार्यको हात देखाएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्