Shikhar Insurance

कुमारी बैंकको ८ सय ६२ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १०:३८
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले एक जना सेयरधनीको नाममा रहेको ८ सय ६२ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी खडग बहादुर थापा मगरको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुकहरुले सुचना प्रकाशन भएको मिति आज (फागुन २४ गते)बाट ३५ दिन भित्र आवश्यक कागजात सहित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल आईपुग्ने गरी आवेदन दिनुपर्ने जनाईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्