Shikhar Insurance

चेम्बर अफ कमर्सको सातौँ चरणको “चेम्बर एक्स्पो-२०२४” भृकुटीमण्डपमा शुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो-२०२४” काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना सुरु भएको हो ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडी बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन । एक्सोबाट आर्थिक गतिविधी केही बढ्ने अपेक्षा गरेका छौं ।’

कार्यक्रमको उद्घाटन गर्दै नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उनको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र संगको सहकार्यमा चेम्बर एक्स्पो शुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्