Shikhar Insurance

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ८४ हजार १ सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी पुष्पा कुमारी मैनाली खरेलको नाममा रहेको ४ हजार ५ सय ८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनंकर्मीको नाममा रहेको ८हजार ५ सय कित्ता, कुमार पौडेलको नाममा रहेको ४४ हजार ५ सय  ५९ कित्ता र सीताराम केसीको नाममा रहेको २६ हजार ५ सय कित्ता गरी जम्मा ८४ हजार १ सय ४४ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेकाले तपसिल बमोजिमका संस्थापक सेयर सर्वसाधारणको लागि खरिदबिक्री खुल्ला गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुकहरुले आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौंमा आईपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्