Shikhar Insurance

ग्रीन डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न बोलायो चैत २४ गते साधारण सभा, बुक क्लाेज कहिले ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २७ गते मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ बजेदेखि बस्ने आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजी (५१ करोड ९० लाख रुपैयाँ) को ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित कूल ४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, सभाले आव २०७८/७९ र २०७९/८० को प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, सभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना संचालकको नियुक्ती अनुमोदन तथा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्